कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृर्यासिल सदस्य नविकरण गर्ने

कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृर्यासिल सदस्य नविकरण गर्ने

भैरहवा
नेपाली कांग्रेस रुपन्देहीले अनलाईन मार्फत कृर्याशिल सदस्यता नवीकरण गर्ने भएको छ । कांग्रेस रुपन्देहीको शनिवार भैरहवामा बसेको कार्यसम्पादन समितीको बैठकले केन्द्रको निती अनुरुप यही साउन ६ गतेदेखी अनलाईन मार्फत कृर्यासिल सदस्यता नवीकरण गर्ने निर्णय गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । अनलाईन सदस्यता नविकरणको सुविधाकालागी पार्टी कार्यालयमा प्राबीधीक टिमको समेत ब्यबस्था मिलाईएको उनले जानकारी दिए ।
त्यस्तै साधारण सदस्य लिन ईच्छुकले पनि अनलाईन मार्फतनै कांग्रेसको साधारण सदस्य लिन पाउने भएका छन् । अनलाईन मार्फत साधारण सदस्यता बिश्वका जुनसुकै स्थानबाट पनि लिन सक्ने ब्यबस्था मिलाईएको छ ।  अनलाईन मार्फत साधारण सदस्यता लिएको एक बर्षपछि कृर्यासिशल सदस्य बन्न पाउने ब्यवस्था गरीएको छ ।
यस्तै यही साउन ६ गते नै ४२ औं बिपी स्मृती दिवसको अवसर पारेर बृक्षारोपण पनि गरीने भएको छ । महामानव बिपीको स्मृतीमा रुपन्देहीको तित्तोतामा बडा नं ११ स्थति भुुपुु शैनिक सखौरा हरियाली बन क्षेत्रमा बिहान ८ बजेदेखी बृक्षा रोपण गरीने भएको हो । बिपीको स्मृतीमा कांग्रेस रुपन्देहीले प्रत्येक बर्ष बृक्षारोपण गर्दै आएको छ ।
त्यस्तै जारी बडा, नगर, पालीका तथा क्षेत्रीय सम्मेलन पनि यथाशक्य छिटो गर्ने निर्णय पनि गरीएको सचिव हरि काफ्लेले जानकारी दिए । बैठकमा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएकी कांग्रेस रुपन्देहीकी उपसभापति असनिता शाह ढुुगानालाई सम्मान एवं बधाई ज्ञापन समेत गरिएको थियो

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij