लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अजित राज भण्डारी

लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा अजित राज भण्डारी

बुटवल
लुम्बिनी प्रदेश फूटवल संघको आज बुटवलमा भएको प्रथम अधिबेशनले अजित राज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व चयन संगै अब प्रदेशमा खेलकुलका गतीविधीमा थप चलायमान हुनेआयोजकले बताएका छन ।
अखिल नेपाल फूटवल संघ एन्फाका उपाध्यक्ष दीर्घ बहादुर केसी कुमार ले लुम्बिनी प्रदेश फूटवल संघमा नयाँ नेतृत्व सर्वसम्बत रुपमा चयन हुनुले यस क्षेत्रमा फूटवलको विकासका लागि थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले खेलकुदको लागि केन्द्रिय सरकारले वजेटको व्यवस्थागर्न नसकेकोमा चिन्ता व्यक्त गदै स्थानिय तहहरुसंग मिलेर खेलकुदका प्रतियोगिता संचालन गर्न आह्वान गर्नु भयो ।
लुम्बिनी प्रदेशसमा मुख्य मन्त्रीसंग जोडिएर मुख्यमन्त्री कप फूटवल प्रतियोगिता संचालन गर्न पहल गर्नु पर्ने भन्दै प्रदेशमा समिति चयन भएसंगै वाटो सहज भएको बताउनु भयो ।
अखिल नेपाल फूटवल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज जोसीले फूटवलमा देखिएको समस्या समाधान हुने धारणा राख्नु भयो । प्रदेश फूटवल संघका उपाध्यक्षमा होम बहादुर क्षेत्री, खोम सिंह ठकुरी शक्ति अजय कुमार शर्मा, र सदस्यमा मोहन सिंह राना, करन चित्रकार, अनिल कुमार शाक्य, सुरेश मणि त्रिपाठी, शिव श्रेष्ठ, भेषराज पौडेल, संजय कार्की ,शुसिल कुमार श्रेष्ठ, मोहन सिंह थापा, अशोक सेन र महिला सदस्यमा सीता गोतामे निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, असार २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij