रोटरी क्लब अफ तिनाउ बुटवलको पदहस्तान्तरण

रोटरी क्लब अफ तिनाउ बुटवलको पदहस्तान्तरण

बुटवल

रोटरी क्लब अफ तिनाउ बुटवलको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रोटरी नेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा २०२२र२३ का अध्यक्ष कल्पना तिवारीले वर्ष २०२३र२४ का अध्यक्ष अमृता भुसाललाई पदहस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक गभर्नर ध्वजूले रोटरी क्लब अफ तिनाउ बुटवलले रोटरीको कार्यक्षेत्र र परिधीभित्र रहि सामाजिक क्षेत्रमा गरेका कामहरुको चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट कार्यहरुको लागि शुभकामना दिए। ध्वजूले आफुले डिष्ट्रिक गभर्नरको जिम्मेवारी सम्हालीरहंदा लिएका उद्देश्य तथा योजनाहरु पुरा गर्न सबै रोटरी क्लब र सदस्यहरुको साथ र सहयोगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। क्लब एड्भाईजर एवं डिष्ट्रिक कन्फरेन्स कमिटी चेयर एजाज आलमले रोटरी क्लव तिनाउ बुटवलले स्थापनाको छोटो समयमै रोटरीको बीचमा छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गर्दै यो पहिचानलाई कायम राख्ने गरि योजना बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा क्लबका वर्ष २०२३र२४ का एसिष्टेन्ट गभर्नर यादव भण्डारी र २०२२र२३ का एसिष्टेन्ट गभर्नर राजुदेवी खनालले समाज रुपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण रहने बताउंदै रोटरी क्लब अफ तिनाउ बुटवललाई शिक्षा, स्वास्थ्य र चेतनाबाट पछाडी परेको समुदायमा योजना लिएर पुग्न आग्रह गर्नुभयो । वर्ष २०२२र२३ का अध्यक्ष कल्पना तिवारीले गतवर्ष सम्पन्न गरिएका कामहरुको समिक्षा गर्दै अधुरा रहेका कामहरुलाई यसवर्षको नेतृत्वले पुरा गर्नुपर्ने बताउनुभयो। गतवर्ष किशोरी आमाहरुलाई शिपयुक्त बनाउने उद्देश्यले सिलाई कटाई तालिम र सामुदायिक विद्यालयमा छात्रा शौचालय निर्माण गरिएको थियो । वर्ष २०२३र२४ का अध्यक्ष अमृता भुसालले किशोरी आमाहरुलाई एडभान्स तालिम संगै सामुहिक व्यवसाय संचालनका लागि सहयोग र विपन्न तथा गरिब परिवारका छोरीहरुलाई छोरी शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति यसवर्षका प्रमुख कामहरु रहने बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका आईपिपी हिमाल गैरे, क्लबका पुर्व अध्यक्ष जमुना पौडेल, निर्वाचित अध्यक्ष रमिला शर्मा, नोमिनी अध्यक्ष उमा आचार्य, प्रथम उपाध्यक्ष माया भट्टराई, सचिव अनिता भुसाल, रोट्¥याक्ट क्लब अफ तिनाउ बुटवलका अध्यक्ष प्रिती श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

प्रकाशित मिति : आइतबार, असार २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij