झण्डा बोकेर महिलाहरु सडकमा, गृहमन्त्रीको राजीनामा माग (तस्वीर र भिडियोसहित)

झण्डा बोकेर महिलाहरु सडकमा, गृहमन्त्रीको राजीनामा माग (तस्वीर र भिडियोसहित)

बुटवल। राज्यबाटै अपराधीलाइ संरक्षण गरिदा हत्या हिंसा, बलात्कारका घट्ना बढनुका साथै सुशासन कायम हुन नसकेको भन्दै नेपाल महिला संघले आज बुटवलमा सरकार बिरुद्ध बृहत प्रदर्शन तथा बिरोध सभा गरेको छ ।

बिरोध सभामा बोल्ने नेताहरुले भ्रष्टाचारै भ्रष्टाचारले उम्लीएर एक बर्ष भित्रै कम्युनिष्ट सरकार सिद्धिने दावी गरे । केन्द्रको वाइडबडी,फोरजी सेवा,प्रदेश ५ को गाडी खरीद प्रकरण लगायतका भ्रष्टाचार काण्डले कम्युनिष्ट सरकारको बास्तविक चरित्र जनता सामु उदाङ्गो भएको उनीहरुको दावी थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय नेता मिन विश्वकर्माले बहुमतको सरकारको मनपरीतन्त्रबाट आजित भएर जनताले नै काँग्रेसलाइ सडकमा निस्कन आग्रह गरेको बताए ।

कम्युनिष्ट सरकारले गरेको अर्बौका भष्ट्राचार काण्ड, किसानमारा नीति,महङ्गी,महिला हत्या हिंसामा संलग्नलाइ राज्यबाटै संरक्षण हुन थालेपछि सडकमा निस्कन जनताले काँग्रेसको साथ खोजेको उनले बताए । भ्रष्टाचारको अर्वौ पैसाले उम्लेर धेरै जस्तो देखिएको नेकपा एक बर्ष भित्रै साइजमा आउने र काँग्रेस सामु हार खाने दावी पनि गरे ।

प्रधानमन्त्री ओलीले नै पर्यटन मन्त्री मार्फत वाइडबडीमा अर्बौ रकम भ्रष्टाचार गरेको र ३३ केजीसुन काण्डमा नेकपाका अर्का अध्यक्ष प्रचण्डको संलग्नता रहेको दावी उनले गरिन् ।

निर्मला पन्त घटनामा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा, सम्बन्धित नगरपालिकाका मेयरका छोरा लगायतको संलग्नता भएकाले गृहमन्त्रीकै निर्देशनमा अपराधी जोगाइएको दावी पनि गरिन् ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय उपसभापती सरस्वती तिवारीले एउटी बालिकाको हत्या र बलात्कार गर्ने अपराधीलाइ राज्यले नै संरक्षण गरेपछि देशभर महिला हिंसा हत्या बलात्कारका घटना बढेको बताइन् ।

जिल्ला सभापती अब्दुल रज्जाकले सोझा जनतालाइ झुक्याएर पाएको दुइ तिहाइको दम्भमा सरकार अन्धो भएको र सरकारका क्रियाकलाप बाट जनता दिक्क भइसकेको बताए ।

बिरोध सभामा महिला संघका नेतृहरु पुष्पा थरुनी, अनिता शाह, गंगा शाही, माया गौतम, रीता सेन, जमुना ढकाल, कोपीला एसी, लक्ष्मी जोशी, रीता केसी लगायतले बोल्दै सरकारले विकासमा चरम राजनीतिकरण गरेको, बालबालिका तथा महिला हत्या हिंसाका घटनामा संलग्नलाइ राज्यले नै संरक्षण गरेको, सरकारका मन्त्रीहरु आफै भ्रष्टाचारमा संलग्न भएको भन्दै सरकारको कडा बिरोध गरेका थिए ।

बिरोध सभा अघि बुटवलको राजमार्ग चौराहबाट जुलुस निस्कीएको थियो । जुलुसमा महिलाहरुले सरकार बिरुद्ध नाराबाजी गर्दै निर्मला पन्तका हत्याराको संरक्षण गरेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।

जुलुसको भिडियो

हेरौ तस्वीरहरु

प्रकाशित मिति : शनिबार, माघ २६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij