शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

शंकरनगर खानेपानी संस्थाको पार्क निर्माणमा बैंकहरुको सहयोग

तिलोत्तमा । शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा–२ रुपन्देहीले निर्माण गर्न लागेको पार्किङ्ग सहितको पार्क निर्माणका लागि बुटवल तथा तिलोत्तमा क्षेत्रका विभिन्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् ।
खानेपानी संस्थाले सिद्धार्थ राजमार्गको पूर्व तर्फ तिलोत्तमा–२ योगिकुटी स्थित संस्थाको कार्यालय अगाडी रहेको खाली जमिनलाई ब्यवस्थित गरेर करिव १५ लाखको लागतमा निर्माण गर्न लागेको हरियाली पार्कका लागि बैंकहरुले आर्थिक सहयोग गरेका हुन् ।
पार्क निर्माणका लागि सिटिजन्स बैंक कालिकानगर शाखाले ३ लाख ५० हजार, सनराइज बैंकले ३ लाख, शाईन रेसुङ्गा बैंकले ३ लाख, माछापुछ्रे  बैंकले २ लाख र सिटिजन्स बैंकको ड्राइभरटोल शाखाले रु. २५ हजार बराबरको डस्टविन गरी ११ लाख ७५ हजारको चेक संस्थालाई हस्तान्तरण गरेको संस्थाका कोषाध्यक्ष मित्रलाल न्यौपानेले जानकारी दिनुभयो ।
खानेपानी सस्थामा आयोजित एक कार्यक्रमका बिच सिटिजन्स बैंक  लिमिटेडले शंकरनर खानेपानी तथा उपभोक्ता तथा सरसफाई संस्थालाई ३ लाख ५० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सिटिजन्स बैकको  कालिकानगर शाखा मार्फत बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदिप कुमार श्रेष्ठले खानेपानी सस्थाका  अध्यक्ष झविन्द्र भण्डारीलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश प्रमुख श्रेष्ठले बैंकले सामाजिक उत्तर्दायित्व अन्तर्गत खानेपानी सस्थाले निर्माण गर्न लागेको पार्कका लागि आर्थिक सहयोग गरेको र आगामी दिनमा  पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
खानेपानी सस्थाका  अध्यक्ष झविन्द्र भण्डारीले सस्थाले आर्थिक  कारोवार गर्दै आएका बैंकहरुले सस्थाको सामाजिक काममा आर्थिक सहयोग गरेर थप हौसला प्रदान गरेको बताउनु भयो ।
तिलोत्तमाको प्रबेश द्वारमा निर्माण गर्न लागिएको हरियाली पार्कले तिलोत्तमाको सुन्दरता थप बढाउने अध्यक्ष भन्डारीले बताउनु भयो ।
सिटिजन्स बैकको  कालिकानगर शाखा प्रमुख किरण कुमार केसीले खानेपानी संस्थासङगको सम्बन्धलाइ थप प्रगाढ र दिगो बनाउने उद्देश्य अनुरुप सस्थाले  निर्माण गर्न लागेको हरियाली पार्कलाई आर्थिक सहयोग गरेर बैकले सहकार्य गरेको बताउनु भयो ।
सो कार्यक्रममा सिटिजन्स बैंकका लुम्बिनी प्रदेश कलष्टर ४ संयोजक सञ्जय पुन, खानेपानी सस्थाका उपाध्यक्ष केशब तिवारी, सचिव कमला ज्ञावालीलगायतले आगामी दिनमा पनि सस्थागत सम्बन्ध सुमधुर बनाउदै सामाजिक कार्यमा सहकार्य गरेर अगाडि बढ्ने यस्तै  प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
सिटिजन्स बैकका देशभर १८८, लुम्बिनी प्रदेश्मा ५१ र रुपन्देही जिल्लामा २३ वटा शाखा कार्यालय रहेकाछन ।

प्रकाशित मिति : बिहिबार, असार २८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij