तिलोत्तमा
तिलोत्तमा नगरपालिका वडा नं तीन मा ब्राह्मण समाजको भेलाले ब्राह्मण समाज नेपालको वडा समिति गठन गरेको छ।
टंकप्रसाद तिवारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राजेन्द्र प्रसाद घिमिरे, सचिबमा बामदेव अर्याल, कोषाध्यक्षमा गिता पाण्डे ,सह सचिव कल्पना शर्मा, एवं सदस्यहरुमा ओम प्रकाश अधिकारी मोतिराज ज्ञवाली, भगवती अर्याल, हरि पराजुली रहनुभएको छ।
सो अवसरमा कार्यक्रमको औचित्य माथि ब्राह्मण समाज नेपालका सह सचिव पार्वती भण्डारीले प्रष्ट पार्नुभयो। उहाँले ब्राह्मण जन्म ले मात्र नभएर कर्मका आधारमा ब्राम्हण जातिहरूको पहिचान रहेको हुँदा ब्राह्मणहरुले आफ्नो कर्मलाई निखार्दै जानुपर्ने बताउनुभयो।
टंक प्रसाद तिवारी को संयोजकत्वमा भएको भेलामा ब्राह्मण समाज नेपालका सह अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रोमणी प्रसाद पाठक ले नेपालमा ब्राह्मणहरुको को अबस्था , राज्यले ब्राह्मणहरुलाई गरेको बिभेदकारी निति, समाज संचालनको ब्यबस्था का बारेमा प्रष्ट पारेको वेदको अबमूल्यनका कारण देश धरासयी भएको बताउनुभयो। कार्यक्रममा केन्द्रीय सदस्य गिरीराजमणि पाठक , क्षेत्रिय अध्यक्ष आत्माराम पाण्डे , जिल्ला अध्यक्ष टोपलाल भुसाल, जिल्ला सह सचिव मन्दिरा शर्मा लगायतले बोल्नुभएको थियो।कार्यक्रम बामदेव अर्यालको संचालनमा सम्पन्न भएको हो।
प्रकाशित मिति : शनिबार, असार ३० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्