बुटवल
रोटरी क्लब अफ तिनाउ बुटवलको वार्षिक नियमित कार्यक्रम अन्र्तगत बृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न भएको छ । रोटरीले सामाजिक कार्यमा फोकस गरेका सात क्षेत्रहरुमध्य बातावरणको क्षेत्र पनि एक महत्वपूर्ण र नागरिकले प्रत्यक्ष लाभ लिन पाउने क्षेत्र हो । हरियाली,सफा,स्वच्छ बातावरणमा बाच्न पाउँने अधिकार प्राप्तिका लागि बातावरण र पर्यावरण संरक्षणमा रोटरीले विगतका वर्षहरुबाट विशेष अभियान संचालन गर्दै आएको छ । यसै अभियानमा आधारित रहेर रोटरी क्लब अफ तिनाउ बुटवलले एडर्भ गरेको रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ मा अवस्थित हाम्रो सगरमाथा आधारभूत विद्यालय प्राङ्गणमा विभिन्न प्रजातिका फुलका बिरुवा रोपेको हो । विगतमा क्लबले आप,लिचि,अमला,कागति, असोका लगायतका बिरुवा लगाएको थियो,तिनिहरु अहिले हुर्किसकेकाछन् ।
ति हुर्कीसकेका विरुवाको गोडमेल गर्दै बिद्यालयको बातावरणलाई थप सुन्दर,सफा र रमणिय बनाउने उद्धेश्यले रोटरी वर्ष २०२३।२४ मा सदाबार फुल्ने फुलहरु ललुपाते, हिबिस्कस,इन्द्रकमल,गुलाब,एकजोडा सानो ठूलो,लिलि लगायतका १५० फुलका बिरुवा रोपिएको क्लवका अध्यक्ष अमृता भुसालले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान तथा क्लबका एसिष्टेन्ट गर्भनर यादव भण्डारीले डिष्ट्रिक गर्भनरले रोटरी वर्ष २०२२।२३ मा देशभर सबै क्लवको सहकार्यमा दश लाख बिरुवा रोप्ने लक्ष्य लिएको बताउदै रोटरी क्लव अफ तिनाउ बुटवलले बृक्षारोपण कार्यक्रम गरि यस अभियानलाई सहयोग गरेकोमा धन्यबाद व्यक्त गर्नु भयो ।
रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष अमृता भुसालको अध्यक्षता,सर्भिस प्रोजेक्ट चेयर एवं बृक्षारोपण कार्यक्रमका संयोजक कृष्णमाया कार्कीको स्वागत तथा सचिव अनिता भूसालको संचालनमा सम्पन्न कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ डिष्ट्रिक कन्फ्रेन्स चेयर एजाज आलम,हाम्रो सगरमाथा आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण क्षेत्री, प्रधानाध्यापक घनश्याम घिमिरे,क्लबका संस्थापक अध्यक्ष देवि वाग्ले,निवर्तमान अध्यक्ष कल्पना तिवारी,पूर्व अध्यक्ष एवं वर्ष २०२२।२३ का एसिष्टेन्ट गर्भनर जमुना पौडेल,पूर्व अध्यक्ष प्रतिमा भट्टराई लगायत क्लवका सदस्य एवं बिद्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बातावरण र स्वास्थ्यका लागि प्रोत्सान गर्दै क्लवका सबै सदस्यहरुलाई घरघरमा लगाउन कुरिलोको बिरुवा समेत वितरण गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, साउन ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्