काठमाण्डाै – मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।
अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।
यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो ।
राष्ट्रियसभाका अघिल्ला बैठकमा नै यो विधेयक पारित हुनुपर्ने भए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही कानुनी विषयको अध्ययन गर्ने भन्दै निर्णयार्थ पेस गर्नुभएको थिएन । मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी सरकारले गएको वैशाख २० गते अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने दिन नै नेकपा एमालेका सांसदले बैठकमा अवराेध गरेपछि फेरि नयाँ प्रक्रियाबाट विधेयक पेस हुँदै पारित भएको हो ।
प्रकाशित मिति : बिहिबार, साउन ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्