काठमाण्डाै,
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत भएका छन् ।
आज आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सहमति जुटाएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागि थिए ।
सहमतिलगत्तै पर्सि मङ्गलवार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको आचार्यले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि आउँदो २० गते सकिँदैछ । प्रधानन्यायाधीशको कार्यकाल सकिन एक महिनाअघि नै प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि अहिलेसम्म परिषद्को बैठक बस्न नसकेको हो ।
शीर्ष नेताहरूको बैठकमा संसदमा रहेको अवरोध हटाउने विषयमा पनि छलफल भएको छ ।
प्रकाशित मिति : आइतबार, साउन १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्