फेसबुकमा युवतीकाे नग्न भिडियो राख्नेलाई प्रहरीले मलेसियाबाट पक्रेर नेपाल ल्यायो

फेसबुकमा युवतीकाे नग्न भिडियो राख्नेलाई प्रहरीले मलेसियाबाट पक्रेर नेपाल ल्यायो

काठमाण्डाै – युवतीको नग्न भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने एक जनालाई प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

म्याग्दीको मंगला गाउँपालिका घर भई वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका प्रकाश विकलाई प्रहरीले इन्टरपोलको सहयोगमा काठमाण्डौ ल्याएर अनुसन्धान थालेको छ । विकले फेसबुकमा एक युवतीसँग साथी बनेर अश्लील संवाद र नग्न भिडियो कल गर्ने गरेका प्रहरीले जनाएको छ । उनले नग्न भिडियो र अश्लील संवाद सामाजिक सञ्जालमा पोस्ट गर्नुका साथै युवतीका आफन्तलाई पनि पठाएको भन्दै उजुरी परेको थियो ।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij