बुटवलको सरसफाइ र वृक्षरोपण निरन्तर, नगरको आह्वानमा उत्साहजनक सहभागिता

बुटवलको सरसफाइ र वृक्षरोपण निरन्तर, नगरको आह्वानमा उत्साहजनक सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाको ४५ दिने सरसफाइ तथा वृक्षरोपण कार्यक्रमअन्तरगत शुक्रबार राजमार्ग चौराहादेखि अस्पताल लाईनसम्म सरसफाइ तथा वृक्षरोपण गरिएको छ।

कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा जनप्रतिनिधि तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सामाजिक तथा पेशागत संस्थाहरु, सामाजिक अगुवाहरु, सर्वसाधारणहरुको सहभागितामा सो क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरी वृक्षरोपण गरिएको छ।

कार्यक्रमका क्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल सफा र सुन्दर भएमा यसको लाभ सबैलाई हुने भएकाले आफ्नो नगर, टोल र घर सफा राख्न सबैले चासो दिनुपर्ने बताउनुभयो।

‘बुटवल सफा हुँदा यहाँका बासिन्दा, व्यापारी, व्यवसायीदेखि सबैलाई लाभ हुन्छ यहाको प्रगतिमा यसले सकारात्मक प्रभाव पार्छ-उहाँले भन्नुभयो-सरसफाइ र हरियालीले हाम्रो स्वास्थ्य राम्रो हुन्छ, यसर्थ यो अभियान बुटवलबासी सबैका लागि हो, जो जसले जति सकिन्छ त्यति सहयोग गरौं।’

उहाँले सामाजिक संघसंस्थाहरुले सरसफाइ र वृक्षरोपणलाई अरु बढी प्रभावकारी हिसाबले अगाडि बढाउदै संरक्षणमा पनि चासो दिनुपर्ने बताउनुभयो। उहाँले नगरले आह्वान गरेको अभियानमा संघसंस्था तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको र यसले बुटवललाई स्वच्छ, सफा र सुन्दर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल सफा भएमा बुटवलको सबै क्षेत्रलाई फाइदा हुने बताउनुभयो। उहाँले सरसफाइ र वृक्षरोपण अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो।

अभियानअन्तरगत हरेक दिन २० जनाले सरसफाइ र वृक्षरोपणलाई व्यवस्थित गर्ने र मसिनो गरी सफा गर्ने तथा हरेक शुक्रबार जनप्रतिनिधि र सामाजिक संस्थाहरुको सहभागितामा सफाइ र वृक्षरोपण गर्ने कार्यक्रम रहेको सरसफाइ शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : शुक्रबार, साउन १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij