तिलोत्तमा तीनमा रहेको गौतमबुद्ध टोल विकास संस्थाको पांचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

तिलोत्तमा तीनमा रहेको गौतमबुद्ध टोल विकास संस्थाको पांचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

तिलोत्तमा,

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं तीनमा रहेको गौतमबुद्ध टोल विकास संस्थाको पांचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।अधिबेशनले राजु प्रसाद उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा तुल्सी जंग रेश्मी, सचिवमा सुमन पाठक , कोषाध्यक्षमा मन्जु पन्थी रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा गोबिन्द प्रसाद उपाध्याय, बाबुराम पाण्डे, माया बि क , पार्बता पन्थी , जानुका भट्टराई, अनिता श्रेष्ठ, सन्तोसी थापा , उर्मिला खनाल ,गोमा भण्डारी , सन्तोष पाण्डे, दुर्गा भण्डारी रहनु भएको निर्वाचन समितिका संयोजक उदय बहादुर गुरुङ्गले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा कार्यपालिका सदस्य लक्ष्मी घिले, वडा सदस्य चुडा कुमारी बिष्ट (सीता) , बिष्णु बहादुर थापा, नारायण बहादुर क्षेत्री, उदय बहादुर गुरुङ्ग , बालकृष्ण आचार्य, सरिता थापा, ज्ञानु आत्रेय लगायत ले शुभकामना व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा पाठक फुड्स प्रोडक्सनले संस्था लाई ६५ वटा बल्ब प्रदान गरेको थियो भने संस्थाले उक्त प्रोडक्सनका संचालकलाई सम्मान गरेको थियो । सरीता बश्यालको स्वागत मन्तब्य तथा सुमन पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति : शनिबार, साउन २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij