एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान

एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान

 

बुटवल
बैदेशिक अध्ययनमा जानेहरुका लागि परामर्शदाताका रुपमा काम गर्दै आएको एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम गरिएको छ । अमेरीका, युरोप, अष्ट्रेलिया, क्यानडा लगाएतका देशमा अध्ययनमा जाने युवा बिद्यार्थीहरुलाई परामर्शको सेवा दिंदै आएको एक्स्पर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवलस्थित चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । कार्यक्रमको एक समारोहका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न ब्यावसायिक संघसस्थाहरुसंगको समन्वय र सहकार्य महत्वपूर्ण हुने बताए । सबैजसो कर्पोरेट हाउसहरु कर्पोरेट सोसिल रेस्पोसबिलिटि अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए । रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उल्लेख गर्दै चौहानले रक्तदान अभियानमा नयाँ प्रविधि भित्र्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा शाखा प्रमुख कंडेलले बार्षिक उत्सवका अवसरमा एक्सपर्टले बिश्वभर रहेका आफ्ना सबै शाखाहरुमा बिभिन्न कार्यक्रम गरिएको बताए । बुटवल शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रमुख कंडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको जानकारी गराए ।

एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने मात्र नभई राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको उनले दावी गरेका छन् । बिश्वभर ४१ देशमा शाखा रहेको एक्स्पर्टको बुटवल शाखामा मात्र ४२ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : मंगलबार, साउन २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij