काठमाण्डाै – झन्डै एक महिनापछि प्रतिनिधिसभाकाे बैठक सञ्चालनमा आएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएकाे साढे ६० किलाे सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवराेध गर्दै आएकाे थियाे । संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सञ्चालनमा आएकाे हाे ।
आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।
प्रकाशित मिति : बुधबार, भाद्र ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्