नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले भने : बेस्ट अफ लक, देश साथमा छ

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले भने : बेस्ट अफ लक, देश साथमा छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। बुधबार बिहान भर्चुअल माध्यमबाट प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको क्रिकेट टोलीलाई जितको शुभकामना दिएका हुन्।

 

 

‘बेस्ट अफ लक, राम्रो गर्नुहोस्। देश तपाईंहरु साथमा छ,’ उनले भने।

एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व  नम्बर वान टोली  एवं आयोजक पाकिस्तानसँग खेल्दैछ।  नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो।  एसिया कप खेल्ने नेपालको सपना दशक अगाडि देखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌

 

प्रकाशित मिति : बुधबार, भाद्र १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij