यातायात क्षेत्रको प्रबर्द्धन र बिकासको लागी पहल गर्छु : सभामुख

यातायात क्षेत्रको प्रबर्द्धन र बिकासको लागी पहल गर्छु : सभामुख

बुटवल
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्यामा रहेको यातायात क्षेत्रको प्रबर्द्धन र बिकासको लागी पहल गर्ने बताएका छ्न । रोजगारी र स्वरोजगारको सिर्जना गरेको यातायात क्षेत्रको बिकासमा नीतिनिर्माता र कानुन निर्माणमा पहलकदमी लिने उनले प्रतिबद्धता जनाए ।

आज बुटवलमा भएको रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको ७औं बार्शिक साधारणसभा तथा चौथो अधिबेशनको उदघाटन गर्दै सभामुख घर्ती मगरले स्वरोजगार उद्धमी र मजदुर बर्गको उत्थानको हितमा अहिलेको संविधान र प्रदेशले बनाएको एेन कानुन रहेको बताउदै उनले समस्या भए समाधानको पनि बाटो खोलिने बताए । रास्ट्रिय उत्पादन र अर्थतन्त्रलाई सुधार नगर्दा सम्म मुलुकमा आर्थिक समृद्धि आउन नसक्ने भएकाले त्यस तर्फ सरकार र निजि क्षेत्रले ध्यान दिनु पर्नेमा सभामुख घर्ती मगरले जोड दिए ।

कार्यक्रममा यातायात क्षेत्रको समस्या समाधान गर्न प्रदेश यातायात प्राधिकरण गठन गर्न माग गरेका छ्न । रास्ट्रिय यातायात उधमशिल मजदुर भलाई कोषको ७औं बार्शिक साधारणसभा तथा चौथो अधिबेशन उदघाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने यातायात ब्यवसायीहरुले यातायात क्षेत्र अरु ब्यवसायी भन्दा जोखिम युक्त रहेको बताउदै उनिहरुले यातायात क्षेत्रको एकीकृत बिकास र प्रबर्द्धनको लागि प्रदेशमा प्राधिकरण गठन गर्नु पर्ने बताएका हुन ।

बुटवल उप महानगरपालिकाको मेयर खेलराज पान्डेयले यातायात क्षेत्रले युवा रोजगार तथा स्वरोजगारको प्रबर्द्धन गरि युवालाई बिदेश पलायन रोक्नु पर्ने बताए । उधोग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ३० प्रतिसत मात्र गाडी चलेका छ्न जस्ले मजदुरको रोजगारीको अवसर गुम्दै गएको बताए । कोभीड पछी सबै क्षेत्र धरासायी भएकाले त्यस तर्फ सरकारले ध्यान दिनु पर्ने बताए । उनले धरासायी भइ बन्द भएका सवारी साधनको दाखिला खारेजको सहजीकरण गरिदिन समेत उनले सरकारसंग आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला संयोजक नारायण जिसि निर्मलले कोभिडको कारण सिङ्गो बिश्व प्रभावित भएको बताउदै उनले समस्याको समाधान गर्न राजनीति स्थायित्व आवश्यक रहेको बताए ।

कोषका अध्यक्ष मोहन भुसालको अध्यक्षता, कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठको संचानल, सदस्य होम बहादुर पान्डे को स्वागतमा भएको कार्यक्रममा , नेकपा एकीकृत समाजबादी जिल्ला उपाध्यक्ष चीन बहादुर गुरुङ, पश्चिम नेपाल बस ब्यावसायी संघ प्रालिका निर्देशक राम चन्द्र भुसाल, रुपन्देही ब्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, उधोग बाणिज्य संघ बुटवलका महासचिव बिमलराज भट्टराई, बुटवल अ टाे इन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुलसी न्योोपाने , वडा ३ को अध्यक्ष बिष्णु ढकाल, वडा ११ का कार्य बाहक अध्यक्ष नहकुल शाही बुद्धभुमि ट्याक्सी सेवा प्रालिका अध्यक्ष गोबिन्द बहादुर कुँवर लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
अध्यक्षमा पुन: भुसाल
अधिबेशनले पुन मोहन भुसालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा, महासचिवमा प्रकाश रिजाल, सचिव होम बहादुर पान्डे, सह सचिबमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर निर्बिरोध निर्बाचित भएको निर्बाचन अधिकृत यानेन्द्र जिसिले जानकारी दिए । त्यसै गरि सदस्यहरुमा सन्तराम यादव , शत्रुधन शाह, लक्षमण भट्टराई , अशोक बस्नेत, लीलाधर लुइँटेल , पुर्ण बहादुर परियार, लक्ष्मण कार्की , सन्तोष थापा , नमराज गिरि र दिपक शर्मा निर्बाचित भएका छ्न ।

प्रकाशित मिति : बिहिबार, असोज ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij