भोलि बस्‍ने प्रतिनिधिसभाको यस्तो आयो कार्यसूची

भोलि बस्‍ने प्रतिनिधिसभाको यस्तो आयो कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) बस्ने भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

 

 

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई पेस गर्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। त्यसअघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ।

यसअघि पटक-पटक सर्दै आएको राष्ट्रियसभाको बैठक भने असोज १८ गते बिहीबारका लागि तोकिएको छ। सरकारले संसद्लाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिब दुई साता विदेश भ्रमणमा गएकाले बैठक राखिएको थिएन।

 

प्रकाशित मिति : शनिबार, असोज १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij