सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा अभिकर्तालाई तीनदिने आधारभूत तालिम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाद्धारा अभिकर्तालाई तीनदिने आधारभूत तालिम प्रदान

बुटवल -सिटिजन लाइफ इन्स्योरेन्स बुटवल शाखाले अभिकर्तालाई तीनदिने अाधारभूत तालिम प्रदान गरेकाे छ । बुटवल शाखाकै अायाेजनामा भएकाे सुरूवाती अभिकर्ताकाे लागि जानकारी मूलक साे तालिमकाे शनिबार समापन भएकाे हाे । तालिममा विभिन्न क्षेत्रका करिब ४० जना सुरूवाती अभिकर्ताहरूकाे सहभागिता रहेकाे थियाे । बुटवल शाखा प्रवन्धक भिम प्रसाद सुवेदीले बिमाकाे बारेमा स्पष्ट बुझाई नभएकाे बताए । उनले यसलाई बचतसँग मात्रै जाेड्ने गरेकाेले बिमासम्बन्धि राम्रा कुरा अाेझेलमा परेकाे बताउँदै उनले बिमाले जाेखिम कसरी बहन हुन्छ भन्ने बुझ्न अावश्यक रहेकाे बताए । उनले बिमा मृत्युपछि मात्रै नभएर यसले घातक राेग लाग्दा पनि रू ५० लाखसम्म रकम उपचार खर्चबापत दिने गरेकाे जानकारी दिए । सिटिजन लाइफ नेपालकै नवउदय कम्पनीको रूपमा रहेकाे र यसका सम्पूर्ण सूचकहरू सकारात्मक र याेजनाहरू पनि नयाँ र फरक-फरक रहेकाे बताए । तालिमका अवसरमा उनले अभिकर्ता भनेकाे बिमित र बिमा कम्पनीलाई जाेड्ने पूलकाे काम गर्ने भएकाले अभिकर्ता नै बिमाप्रति जागरुक हुनुपर्ने बताए । साे अवसरमा ब्रान्च अफिस एसाेसिएट कमला पाण्डेले बिमा गर्दा जान्नुपर्ने अावश्यक ज्ञान र प्रक्रियाका बारेमा जानकारी दिएकी थिइन् । समृद्धि तपाईंको साथ हाम्रो भन्ने भनाइलाई अात्मसात गर्दै अघि बढेकाे सिटिजनका मुख्य पाँच याेजना छन् । जीवन सारथी , शुभारम्भ , अग्रिम भुक्तानी ,  सिटिजन बाल भविष्य याेजना र वार्षिक अग्रिम भुक्तानी याेजना रहेका छन् । गत हप्ता मात्रै बुटवल शाखाले बुटवलकै एक कपडा व्यवसायी दिपक कुमार श्रेष्ठलाई हृदयघात भएबापत रू बीस लाख रकम उपचार खर्चबापत हस्तान्तरण गरेकाे थियाे

प्रकाशित मिति : आइतबार, असोज १४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij