बुटवल –“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव आज तेस्रो दिन जारी छ ।
सास्कृतिक कार्यक्रम तर्फ आज लोक तथा दोहोरी गायक खेम सेन्चुरी,गायिका रितु शाही,गायक संगित पौडेल,एलिसा डान्स ग््रुप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने बिकास भट्टराइले बताए ।
मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको क्लबका सचिव अनिल सुनार ले बताए।
महोत्सवमा महानायक राजेश हमालदेखि राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । जसमा ४० बढि कलाकारहरुको सहभागिता रहने छ ।
महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् ।
प्रकाशित मिति : आइतबार, असोज १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्