बुटवलमा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव :आज खुमन अधिकारी सहित कलाकारको प्रस्तुती रहने

बुटवलमा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव :आज खुमन अधिकारी सहित कलाकारको प्रस्तुती रहने

बुटवल –बुटवलमा जारी प्रथम रानीगंज सांस्कृतिक तथा ब्यापार महोत्सव आज चौथो दिन बिभिन्न सास्कृतीक कार्यक्रम हुदै छ ।

“रानिगन्ज जाऔँ राष्ट्रिय कलाकारसँगै रमाऔँ” भन्ने नाराका साथ बुटवल उपमहानगरपालिका १७ मा जारी महोत्सबमा
सास्कृतिक कार्यक्रम तर्फ आज लोक तथा दोहोरी गायक खुमन अधिकारी ,संगिता चितौरे ,डिजे पोन्चीभो ,एलिसा डान्स गु्रप,नेपाल टप डान्स ग्रुप, डान्स आएइडल एबम स्थानिय कलाकारहरुको प्रस्तुती रहने बिकास भट्टराइले बताए ।
प्रदर्शनीमा , रेष्टुरेन्ट, कृषि, हस्तकला, छालाजुत्ता, खाद्यान्न, कपडा लगायतका स्टल रहेका छन् ।मेलामा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको छ ।

मेला शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा शुरु भएको हो भने मेला असोज २३ गतेसम्म चल्ने मेला व्यवस्थापक भीम खत्रीले जानकारी दिए ।अकला एम्युज्मेन्ट कम्पनी प्राविको व्यवस्थापन तथा थारु सांस्कृतिक संरक्षक समिति बुटवल १७ को विशेष सहयोग तथा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को संरक्षकत्वमा महोत्सव गरिएको हो ।जसमा ४० बढि कलाकारहरुको सहभागिता रहने छ ।

महोत्सव सञ्चालन गर्न ४० लाख खर्च लाग्नेछ भने ५० लाखको कारोबार साथै ३० हजार भन्दा बढिले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । मेलामा १ सय भन्दा बढि स्टल रहेका छन् ।

प्रकाशित मिति : सोमबार, असोज १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij