अन्तर्राष्ट्रीय मन्चहरुमा समेत प्रतिनिधित्व बढाउदै तिलोत्तमा

अन्तर्राष्ट्रीय मन्चहरुमा समेत प्रतिनिधित्व बढाउदै तिलोत्तमा

बुटवल,१८ असोज ।
।एकपछि अर्को कार्यमा पहिचान बनाउदै आएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक अन्तर्राष्ट्रिय संस्थाकाे सदस्यता प्राप्त गरेको छ ।

स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले जानकारी दिए ।

सो संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सो सदस्यता लिएका छन् ।

यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप-राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।

सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, शान्ति र संस्कृतिको लागि काम गरिरहेका छन् ।

जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।

नगरसंगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताए ।

प्रकाशित मिति : शुक्रबार, असोज १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij