तिलोत्तमा
तिलोत्तमा नगरपालिका वडा नं तीन मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था ले आज आफ्नो तेह्रौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको कमीबाट कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने धेयले सहकारीले रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक प्रभा भण्डारी घिमिरेले ३५ युनिट रगत संकलन भएको जानकारी गराउनु भयो । उहाँले हामीले खाने स्वच्छ भनिएका खानेकुरा खाँदा खाँदै पनि शरीरमा रगत जन्य पदार्थको कमि भैरहेको र त्यसका लागि बिषादी रहित खानामा जोड दिन पनि आग्रह गर्नुभएको थियो । सो अबसरमा प्रमुख अतिथि एवं तिलोत्तमा नगरपालिका वडा नं तीन का वडाध्यक्ष कल्याण प्रसाद पौडेलले कार्यक्रम को प्रशंसा गर्दै आगामी दिनमा पनि सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो। उहाँले सहकारी ले उत्पादन संग जोडिने खालका कार्यक्रम आगामी दिनमा गर्नको लागि सुझाव समेत दिनुभयो। संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकारहरु, पूर्ण प्रसाद पौडेल, टंकप्रसाद तिवारी लगायत ले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो। संस्थाका कोषाध्यक्ष हरि प्रसाद बश्यालको संचालनमा भएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा सर्वसाधारणहरुले रक्तदान कार्यक्रममा सरिक भएका थिए । साथै संस्थाले आगामी मंसिरमा आफ्नो साधारण सभा गर्ने संस्थाका सचिब कल्पना शर्मा ले सो अबसरमा जानकारी गराउनु भएको थियो।
प्रकाशित मिति : आइतबार, असोज २१ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्