इजरायलको आक्रमणका कारण गाजामा सग्ला भवन देख्न मुस्किल, अस्पताल शव गृहमा परिणत हुने जाेखिम

इजरायलको आक्रमणका कारण गाजामा सग्ला भवन देख्न मुस्किल, अस्पताल शव गृहमा परिणत हुने जाेखिम

(231011) -- GAZA, Oct. 11, 2023 (Xinhua) -- People inspect buildings destroyed in Israeli airstrikes in the southern Gaza Strip city of Rafah, on Oct. 11, 2023. The Palestinian Islamic Resistance Movement (Hamas) on Saturday launched a surprise attack on Israeli towns adjacent to the Gaza Strip, prompting Israel to launch retaliatory strikes on Gaza. As of Wednesday, more than 2,000 people have been killed and thousands more injured on both sides. (Photo by Khaled Omar/Xinhua)

इजरायल

इजरायलको आक्रमण र कठोर नाकाबन्दीका कारण गाजाका अस्पतालहरूमा अत्यावश्यकीय सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालहरूमा बिजुली, पानी र अत्यावश्यकीय औषधिको अभाव हुन थालेको बताएको बीबीसीले जनाएको छ ।

रेडक्रसले बिजुली र पानीविना गाजाका अस्पतालहरू शवगृहमा परिणत हुने जोखिम रहेको चेतावनी दिएको छ । गाजाको एकमात्र ठूलो ‘पावर प्लान्ट’ मा हिजो इन्धन सकिएको छ । इजरायलले गाजामा खाना, पानी र इन्धन लगायतका सबै वस्तु ठप्प पारेको छ ।

भीषण हवाई हमलाका कारण गाजामा सग्ला भवन देख्न मुस्किल छ । कैयौँ डाक्टर मारिएका छन् भने अस्पतालका भवन ध्वस्त भएका छन् । इजरायलको नाकाबन्दीका कारण नवजात शिशु र बिरामीहरूलाई अक्सिजन दिन नसकिएको, मिर्गाैलाको डायलासिस रोकिएको र एक्स–रे सेवा बन्द हुने अवस्थामा पुगेको आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले बताउनुभयो ।

इजरायलले हमासले अपहरण गरेका एक सय ५० जना बन्धकलाई रिहा नगरेसम्म गाजामा बिजुली, आधारभूत सेवा र मानवीय सहायतालाई अनुमति नदिने वाचा गरेको छ ।

अघिल्लो शनिवार हमासले इजरायलमा गरेको आक्रमणका कारण १२ सय जनाको ज्यान गएको छ । बदलामा इजरायलले गाजामा हमला गर्दा १३ सय जनाभन्दा धेरैको ज्यान गएको छ । झन्डै दुई हजार जना हमासका लडाकु मारिएका इजरायलको दाबी छ ।

प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij