बर्दिया,
ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाका प्रहरी नायव निरीक्षक (सई) पवन साउदफाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनलाई सेवाग्राहीसँग ३० हजार घुस लिँदैगर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
लागू औषधको मुद्दा मिलाउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले साउदलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
सई साउद ईलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा फांटमा कार्यरत रहेका थिए ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्