काेप–२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काेप–२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

????????, ?? ?????? : ????????????? ???????? ????? ‘???????’ ?????? ???????? ???????? ???? ???????????? ???? ??????? (???–??)?? ?????? ?? ?????? ?????? ????? ? ?????? : ????????? ????/????

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुभएको छ । यूएईकाे दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड आज आइतवार बेलुकी स्वदेश फर्कनुभएको हो ।

 

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

 

शनिवार काेप–२८ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै त्याे अवस्थाकाे अन्त्य गर्नुपर्ने बताउनुभएको थियो । उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको थियो ।

 

सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड यही मङ्सिर १३ गते दुबई प्रस्थान गर्नुभएको थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij