लेखा समिति बैठक : एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन

लेखा समिति बैठक : एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन

काठमाडौँ,

संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको छ ।

 

बुधबार बसेको समितिको बैठकले एनसेल सेयर विक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर गरेको छ ।

 

यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ ।

 

‘सेयर खरिद विक्री अवास्तविक, अविश्वसनीय र अपारदर्शी तवरमा न्यून मूल्याङ्कनमा खरिद विक्री गरिनु, नेपाल बाहिर सेयर खरिद विक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभ, स्वामित्व हस्तान्तरण र करहरू प्रभावित गर्न खोजिनु, ६ वर्षपछि सरकारको मातहतमा आउनेमा अनिश्चितता थप्नुले उक्त कारोबार संशयपूर्ण र अपारदर्शी देखिन्छ’, समितिको ठहर छ । समितिले यस विषयमा विस्तृत अनुसन्धान गरेर निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुग्दासम्म सेयर खरिद बिक्री रोक्न तथा यसबारे वास्तविकता पहिचान गर्न ३० दिनभित्र कार्यसम्पादन गर्नेगरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न पनि सरकारलाई निर्देशन दिएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

 

साथै समितिले एनसेलको सेयर खरिद बिक्रीबारे भएका प्रक्रिया ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

 

बैठकले दूरसञ्चार सम्बन्धी कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij