काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाण्डाै जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
हिजाे बिहीवार उच्च अदालत पाटनले खाणलाई ३० लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएसँगै त्यसकाे प्रक्रिया पुर्याउन उहाँलाई जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाणले जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुभएकाे छ ।
अदालतमा उहाँले धरौटी रकमअनुसारको बैंक ग्यारेन्टी बुझाए पनि छुट्न केही समय लाग्नेछ । अब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि खाणलाई छोडिने छ ।
खाण गएको वैशाख २७ गते बिहान काठमाण्डौको मैजुबहाल घरबाट पक्राउ पर्नुभएको थियो । खाणसहित यो प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतलाई गएकाे असार १ गते पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डाै जिल्ला अदालतले आदेश दिएको थियो । त्यसपछि खाणसहितका आरोपीहरू उच्च अदालत पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा यही मङ्सिर १५ गते खाणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरूको राय बाझिएको थियो । त्यसपछि हिजो तेस्रो न्यायाधीशकहाँ पेस हुँदा उहाँलाई ध
प्रकाशित मिति : शुक्रबार, मंसिर २९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्