बुटवल -रूपन्देहीको शुद्दाेदनमा रहेकाे फर्साटिकर माविमा वक्तृत्वकला र चित्रकला प्रतियाेगिता सम्पन्न भएकाे छ । शुक्रबार शान्ति नमुना माविमा रहेकाे शान्ति समाज कल्याण सर्कल मणिग्राम र शान्ति कानुन क्लव मणिग्रामकाे संयुक्त अायाेजनामा साे प्रतियोगिता सम्पन्न भएकाे हाे । प्रतियोगितामा साेही विद्यालयकी कक्षा १२ कि मञ्जु अर्यालले प्रथम स्थान प्राप्त गरेकी छन् । भने कक्षा १२ कै शारदा पाैडेलले दाेस्राे स्थान प्राप्त गर्न सफल भएकी हुन् । त्यसै गरि कक्षा ११ का बालकुमार लम्सालले तेस्राे स्थान प्राप्त गरेकाे क्लवले जनाएको छ ।
लैंगिक हिंसाको अन्त्य , हामी सबैको कर्तव्य शिर्षकमा भएकाे वक्ततृत्वकला प्रतियोगितामा २४ जना विद्यार्थीहरूकाे सहभागिता रहेकाे क्लवले जनाएको छ ।
फर्साटिकर माविका प्रधानाध्यापक देवराज अर्यालकाे प्रमुख अातिथ्यता रहेकाे कार्यक्रममा शान्ति कानुन क्लवका अध्यक्ष प्रविन वस्तीकाे अध्यक्षता रहेकाे थियाे ।
प्रकाशित मिति : आइतबार, पुष १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्