राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि छ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । संसदीय समितिले नाम अनुमोदन गरेर पठाएका छ जनालाई राष्ट्रपतिले आज बुधवार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

 

उच्च अदालत जनकपुरका न्यायाधीश सारङ्गा सुवेदी, उच्च अदालत हेटौँडाका न्यायाधीश अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशहरू महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । छ जना न्यायाधीशको नाम आजै संसदीय सुनवाइ समितिले अनुमोदन गरेको थियो ।

 

प्रस्तावित न्यायाधीशहरूमाथि गएको शुक्रवारदेखि सुनुवाइ शुरु भएर अस्ति साेमवार सकिएको थियो । प्रस्तावित न्यायाधीहरूविरुद्ध उजुरी परे पनि उजुरीको खण्डन गरेपछि समितिले नाम पारित गरेको हो । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : बुधबार, पुष ४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij