दाङ – दाङको भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाडामा गाडी (मिनिबस) दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
प्युठानको बाग्दुलाबाट दाङको भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी बड्डाडामा दुर्घटना हुँदा एकै परिवारका ७ सहित १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई दाङको भालुवाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएकाे छ । अन्य घाइतेमध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाइएकाे तथा केहीकाे भालुवाङमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पुष ११ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्