रुपन्देही – रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको शव फेला परेकाे छ । हिजाे शुक्रवारदेखि हराइरहेकी सात वर्षीया नन्दनी कुर्मीको शव फेला परेकाे प्रहरीले जनाएकाे हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहर भट्टले कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभएकाे छ ।
हत्यामा संलग्न रहेको आशङ्कमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्