दाङ - दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस दुर्घटना भएको हो ।
बस दुर्घटना हुँदा बर्दियाबाट दाङको चखौरा वनभोजका लागि गएकाहरु घाइते भएका हुन् । उनीहरु दंगीशरण–३ को थारु सङ्ग्रहालय रहेको चखौरामा वनभोजका लागि जान लागेका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।oo
प्रकाशित मिति : आइतबार, पुष १५ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्