बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमान– लोकतन्त्र र गणतन्त्रविरुद्धको ‘डिजाइन’ हुन सक्छ

बालकुमारी घटनामा प्रधानमन्त्रीको अनुमान– लोकतन्त्र र गणतन्त्रविरुद्धको ‘डिजाइन’ हुन सक्छ

k|d bfxfn nlntk'/, !^ k';M k|wfgdGqL k'iksdn bfxfn…k|r08Ú $*cf}F /fli6«o Pstf tyf d]nldnfk lbj;sf cj;/df g]kfnL sf+u|]; s]G›Lo sfof{no ;fg]kfdf ;f]daf/ cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको ज्यान गएकाे र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको दाबी गर्नुभएकाे छ ।

 

आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रूपमा भएको आफूले अनुमान गरेको बताउनुभएको हो । उहाँले आफूले सम्बन्धित निकायसँग घटनाबारे ‘ब्रिफिङ’ लिँदा सामान्य नलागेको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘अस्तिको घटना हामी कसैले पूर्वानुमान गर्न सक्ने खालको थिएन । घटनाकाे अर्काे दिन बिहान घटनाक्रमको ‘ब्रिफिङ’ लिइयो । म अहिले सबै भन्न चाहन्न । केही कुरा गम्भीर लागेको छ । दुई जना युवाको जस्तो परिवेशमा, जसरी हत्या भएको छ । ईपीएसमा जे–जस्ता गतिविधि भएका छन् । गाडी जलाउने जस्तो गतिविधि भएको छ । घटना जस्ताे देखिएकाे छ त्यस्ताे छैन । यो कहीँ लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन त हाेइन भन्ने अनुमान छ । त्यसै कारण याे घटनासँग सम्बन्धितलाई निलम्बन गरिएकाे छ र उच्चस्तरीय छानबिन आयोग बनाइएकाे छ । सामान्य छानबिन समितिले मात्रै पुग्दैन भन्ने निष्कर्ष निकालेर मृतकका परिवारलाई समेत बालुवाटार बोलाएर गम्भीर ढङ्गले समीक्षा गरिएको छ ।’

 

प्रधानमन्त्रीले मृतकका परिवारलाई रोजगारी दिने र शहीद घोषणा गर्ने कुरा राजनीतिक तहमा छलफल भइरहेको पनि बताउनुभयो । उहाँले नागरिकलाई निराशा बाँडिएको भन्दै देशमा अँध्यारोबाहेक केही नदेखाउनेहरू राष्ट्रवादी हुन नसक्ने उल्लेख गर्नुभयाे ।

 

प्रचण्डले सरकारले गरेका राम्रा कामहरूको प्रशंसा गर्न नहिचकिचाउन सत्तारूढ दल नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई अपिल गर्नुभयो । उहाँले तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका बीचमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने सहमति भएको पनि बताउनुभयो ।

प्रकाशित मिति : सोमबार, पुष १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij