लुम्बिनी प्रदेशकाे निजामती सेवा नियमावली स्वीकृत

लुम्बिनी प्रदेशकाे निजामती सेवा नियमावली स्वीकृत

दाङ
लुम्बिनी प्रदेशकाे निजामती सेवा नियमावली स्वीकृत भएको छ ।
आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश निजामती सेवा नियमावली-२०८० स्वीकृत गरेको हो ।

ऐनको दफा १३१ ले प्रक्रियागत र कार्यविधिगत पक्षमा स्पष्टता ल्याई कार्यान्वयन गर्न विभिन्न नियमावलीसहितका कानुनहरु बनाउन सक्ने व्यवस्था अनुसार प्रदेश निजामती सेवा नियममावली-२०८० ल्याइएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

केही समयअघि प्रदेश निजामती सेवा ऐन जारी भएको थियो । सोही आधारमा सरकारले नियमावली बनाएको हो । कर्मचारीहरुको व्यवस्थापन र बृद्धि विकासका लागि ऐन र नियमावली ल्याइएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । देशका निजामती कर्मचारीको लागि कानुन नियम बनिसकेको र अब सरकारले स्थानीय तह कर्मचारी सेवा ऐन ल्याउने तयारी गरेको मुख्यमन्त्री चाैधरीले बताए ।

त्यस्तै, बैठकले ‘प्रदेशका आयोजनाको बहुबर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड-२०८०’ समेत स्वीकृत गर्ने निणर्य गरेको छ । सुशासन, विकास, समृद्धिको लागि आयोजना व्यवस्थापन र सार्वजनिक खर्च प्रणालीमा प्रभावकारिता ल्याउन बहुवर्षीय आयोजनाहरुको समुचित व्यवस्थापन गर्नुपर्ने भएकोले मापदण्ड स्वीकृत गरिएको प्रवक्ता पाण्डेयकाे भनाइ छ ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij