राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादीको निर्णय

sf7df8f}F, !^ kmfu'gM dfcf]jfbL s]Gb|sf] :yfoL ;ldlt a}7s g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]G›_sf cWoIf Pj+ k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú nufot kf6L{sf] :yfoL ;ldltsf] a'waf/ kf6L{ sfof{no k]l/; 8fF8fdf a;]sf] a}7sdf ;xefuLx¿ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सत्ता गठबन्धनले राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई अघि सार्ने चर्चाकाबीच माओवादीले आफ्नै उम्मेदवार पठाउने निर्णय गरेको हो

माओवादीको स्थायी कमिटी बैठकमा हिजो धेरैजसो नेताहरूले राष्ट्रिय सभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राखेका थिए । संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने छ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले कांग्रेस र माओवादी केन्द्र दुवै दलले राष्ट्रिय सभा अध्यक्ष आफनो दलका नेतालाई बनाउन चाहेका छन् ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते हुँदैछ । राष्ट्रिय सभा सदस्यका लागि गएको माघ ११ गते भएको चुनावबाट १९ जना विजयी भएका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यको कार्यकाल आउँदो २१ गते सकिँदैछ ।

राष्ट्रिय सभाको अध्यक्षमा पार्टीबाटै उम्मेदवारी दिने र आउँदो चुनावमा गठबन्धन नगरि एक्लै लड्ने पनि निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको प्रदेश इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । पार्टीले गरेको कार्यविभाजनमा उपमहासचिव जनार्दन शर्माले असहमति व्यक्त गर्नुभएको छ । उहाँले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहीन बनाइएकोमा असहमति रहेको बताउनुभयो ।

यस्तै माओवादी केन्द्रले मधेस/तराई राष्ट्रिय जागरण अभियान चैत १५ गतेदेखि र हिमाल–पहाड–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकले मिटरब्याज पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानकाे समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij