बुटवल लेडी जेसिज वर्ष २४ को आयोजनामा बुटवलको सिद्धबाबा धाम परिसरमा सरसफाइ

बुटवल लेडी जेसिज वर्ष २४ को आयोजनामा बुटवलको सिद्धबाबा धाम परिसरमा सरसफाइ

महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ । महाशिवरात्री पर्वकाे अवसर पारेर बुटवलकाे सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे छ । शनिबार बुटवल लेडी जेसिज वर्ष २४ काे अायाेजनामा अाउँदै गरेकाे महाशिवरात्री पर्वलाई मध्यनजर गर्दै सिद्धबाबा धाम परिसरमा सरसफाइ गरिएकाे हाे ।गरिएकाे हाे । कार्यक्रममा बाेल्दै सिद्धबाबा धाम विकास समितिका अध्यक्ष नारायण प्रसाद अाचार्यले बुटवल लेडी जेसिजले सामाजिक उत्तरदायित्वअन्तर्गत धार्मिक क्षेत्र राेजेकाेमा खुसी व्यक्त गर्दै अन्य यस्तै सामाजिक कामहरू गर्न अाग्रह गरे ।

कार्यक्रममा पूर्व अध्यक्ष जेसी ज्ञानधरा पन्थले वातावरण सफा र स्वच्छ भएमा मात्रै हामीले सबै काम गर्न सकिने भन्दै सिद्धबाबा धाम परिसरकाे सरसफाइले राम्रो सन्देश दिएकाे बताइन् । नेपाली सेना गरूण दल गणकाे सहभागितामा मन्दिर परिसरमा रहेकाे फाेहर संकलन गरिएको थियाे । नेपाली सेना गरूण दल गण रामनगर ब्यारेकका सेकेन्ड लेफ्टिनेन्ट कृष्णबहादुर चन्द , बुटवल लेडी जेसिज वर्ष २३ का अध्यक्ष कमला लम्साल , सल्लाहकारहरू सिनेटर राधिका पाेखरेल , जेसी कल्पना पाण्डे र वर्ष २४ का पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियोे ।

कार्यक्रमकाे समापन गर्दै वर्ष २४ का अध्यक्ष संगीता ढकालले अमूल्य सहयाेग गरेकाेमा सबैलाई धन्यवाद व्यक्त गर्दै जेसिजकाे सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर परिसर सरसफाइ गरिएको बताइन् । बुटवल लेडी जेसिजकाे चारवटा क्षेत्रअन्तर्गत सामाजिक क्षेत्रमा रहेर काम गरेकाे अध्यक्ष ढकालकाे भनाइ छ । महासचिव रूपा श्रेष्ठले सञ्चालन गरेकाे कार्यक्रममा जेसी कृति पाण्डेले जेसिजकाे भिजन र मिसन प्रस्तुत गरेकी थिइन् भने   अपूर्वा खनालले जेसिजकाे अास्था वाचन गरेकी थिइन् । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सपना ज्ञवाली गैह्रेकाे स्वागत रहेको थियाे ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij