देउखुरी, दाङ —लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई जना मन्त्रीलाई बर्खास्त गरेका छन मुख्यमन्त्री चौधरीले बुधबार अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।
कांग्रेस–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका चौधरीले केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै उनीहरूलाई हटाएका हुन । मुख्यमन्त्री चौधरीले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम हटाएको बताए । मन्त्रिपरिषद् विस्तारमा केसी पुस ९ गते मन्त्री बनेकी थिइन् ।
मुख्यमन्त्रीले मन्त्रीहरू बर्खास्त गरेसँगै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारु र दलका नेता जोखबहादुर महराले मुख्यमन्त्री चौधरीलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जनाएका छन् ।
प्रकाशित मिति : बुधबार, फाल्गुन २३ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्