गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसकाे अडान, छानबिन समिति बनाउनुपर्ने माग

गृहमन्त्री लामिछानेले राजीनामा दिनैपर्ने कांग्रेसकाे अडान, छानबिन समिति बनाउनुपर्ने माग

काठमाण्डाै – नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको थियो । प्रतिनिधि सभाको आजको बैठकको शुरुमै कांग्रेसका सांसदले उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद दीपक गिरीलाई बोल्न समय दिनुभएको थियो ।

आफ्ना भनाइ राख्दै गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग्नुभएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट ठगिएकाहरूले अहिलेका गृहमन्त्री लामिछानेविरुद्ध पनि पोखरामा उजुरी दिएको तर उहाँमाथि अनुसन्धान हुनुको साटो मन्त्री पदमा पुगेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ । निष्पक्ष छानबिन प्रक्रियाबाट भाग्नकै लागि लामिछाने गृहमन्त्री बनेको कांग्रेसका सांसद दीपक गिरीले आरोप लगाउनुभयो ।

यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरूको चित्त नबुझेको बताउनुभयो । उहाँले गृहमन्त्रीमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गर्नुभयो ।

प्रमुख सचेतक लेखकले सरकारले कांग्रेसको मागलाई गम्भीरतापूर्वक नलिएमा सरकार आफैँले संसद् अवरोध गरेको मानिने बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij