सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार छ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको छ । सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यसअघि हिजो सुनको भाउ तोलाको एक लाख २५ हजार दुई सय रुपैयाँ थियो । यसअघि फागुन २९ गते सुनको भाउ तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।चादीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो तोलाको एक हजार पाँच सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।8

प्रकाशित मिति : बिहिबार, चैत्र ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij