ख्रिष्टियन युथ क्लवकाे प्रथम साधारणसभा सम्पन्न भएकाेे छ । बिहीबार तिलाेत्तमाकाे वनबाटिकामा भएकाे कार्यक्रममा
क्लवका संस्थापक सचिव तथा बेथेल चर्चका अध्यक्ष माधव न्याैपानेकाे प्रमुख अातिथ्यतामा भएकाे थियो । साे कार्यक्रममा संस्थाका उपाध्यक्ष ललित तिरूवाले संस्थाकाे ईतिहास , उदेश्य र भावी याेजनाकाे बारेमा प्रकाश पारेका थिए ।
क्लवका सदस्य हिरा पेग्नीले क्लवकाे वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । क्लवका काेषाध्यक्ष शंकर गुरूङले अाव ८०/८१ काे अनुमानित अाय व्यय प्रस्तुत गरेका थिइन् ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि माधव न्याैपानेले अागामी दिनमा क्लवकाे प्रगतिकाे कामना गरे । त्यसतै विशिष्ट अतिथि पास्टर राजकुमार थापाले युवा एकता अाजकाे अावश्यकता भएकाे प्रष्ट पारे । कार्यक्रममा स्थानीय चर्चका पास्टर एल्डर र जवानहरूकाे उपस्थिति रहेकाे थियाे ।
क्लवका सदस्य विजय नेपालीकाे संयाेजकत्वमा पाष्टर जाेएल रेग्मीबाट सुरूकाे प्रार्थना र सचिव समीप चाैधरीले कार्यक्रमकाे सञ्चालन गरेका थिए । ख्रिष्टियन युथ क्लवका अध्यक्ष हाेम गलामीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लवका सदस्य रिता गुरूङले स्वागत गरेकी थिइन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख २० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्