गणतन्त्र दिवसको अवसरमा ख्रीष्टियन युथ क्लब रुपन्देहीले बुटवलमा मोही पानी वितरण गरेकाे छ । बुटवलको बढ्दो गर्मीमा बाटोमा पैदल हिँड्ने पैदलयात्री , गाडी चालक , अटो चालकलगायतलाई डिहाईड्रेड र गर्मीको तातो हावाबाट हुनसक्ने खतराबाट बचाउनका लागि मंगलबार माेही पानी वितरण गरिएको हाे । मोही स्वास्थ्यको लागि पनि धेरै लाभदाएक हुने भएकाले सबै सर्वसाधारणहरुले खुसी हुँदै मोही पानी पिउँदै ख्रीष्टियन युथ क्लबको सकारात्मक कामको प्रशंसा गरेका थिए । उनीहरूले आउने दिनहरुमा पनि यस्तै सामाजिक काम गर्न सुझाव दिएका थिए । क्लवका सचिव सन्तोष चौधरी (समिप)को संयोजकत्वमा भएकाे कार्यक्रममा क्लवका अध्यक्ष होम बहादुर गलामीले मोही पानी वितरण गरेर सुरु गरेका थिए । कार्यक्रममा विभिन्न स्थानीय चर्चका पाष्टर अगुवा , जवान र क्लव सदस्यहरुको सक्रिय सहभागिता रहेको क्लवका सह काेषाध्यक्ष हिरा पेग्नीले जानकारी दिइन् । मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भएको साे कार्यक्रममा करिब १५०० जनाकाे सहभागिता रहेको थियो ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्