गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

 

बुटवल ।

शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ । सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको खुलाशा भएको छ । सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत , एस.एन.एफ. ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट , एस.एन.एफ. ७ र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट एस.एन.एफ.को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ । बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो । अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्र्ने सहकारी र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो । १० वटै नमुनाको प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिनुभयो । दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको उहाँले जानकारी दिनुभयो । दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ । बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी ब्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाईए तत्काल कारबाही गर्ने उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो । ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाईए तत्काल कारबाही गरिने उहाँले बताउनु भयो । उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, साउन २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij