भगवती मा.वि.द्धारा अन्तरआमा समुह तिज गित तथा बिद्यार्थीहरु बिच तिज नृत्य प्रतियोगिता

भगवती मा.वि.द्धारा अन्तरआमा समुह तिज गित तथा बिद्यार्थीहरु बिच तिज नृत्य प्रतियोगिता

गुल्मी-भगवती मा.वि.,कालिगण्डकी-२,अर्बेनी, गुल्मीको  आयोजनामा अन्तरआमा समुह तिज गित प्रतियोगिता तथा बिद्यार्थीहरु बिच तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ। साविक अर्बेनी गाविस का वडाहरुमा रहेका आमा समुह विच भएको तिज गित प्रतियोगितामा प्रथम देवीकालिका मगर समाज, द्वितिय सृजनशिल देउराली आम समुह, तृतिय जनएकता आमा समुह र सान्तवना कालिका भगवती आमा समुह र बिद्यार्थीहरु बिच भएको तिज नृत्य प्रतियोगितामा प्रथम रचना मगर, द्वितिय पुजा पुलामी र तृतिय सुनिता सप्लेटी भएका थिए।


तिज गित प्रतियोगितामा ८ वटा समुह र तिज नृत्य प्रतियोगितामा २० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रम सांस्कृतिक विभाग प्रमुख चमेली थापाको अध्यक्षता, लुम्विनी प्रदेश सांसद मा. तारा थापाको प्रमुखआतिथ्यता, कालिगण्डकी गा.पा.उपाध्यक्ष मन्जु दर्लामी मगरको बिशिष्ट आतिथ्यता, कालिगण्डकी गा.पा.२, का वडाअध्यक्ष रेशमराज न्यौपाने, र कार्यपालिका सदस्य मेनका न्यौपाने, वडासदस्य धना परियार र शेर बहादुर बुढा, नेपाली काँग्रेस कालिगण्डकी २,का सचिव कृष्ण न्यौपाने, ने क पा एमाले कालिगण्डकी २,का अध्यक्ष जिवनारायण न्यौपाने, नेकपा माओबादी कालिगण्डकी २,का अध्यक्ष बाबुराम न्यौपाने, YCL कालिगण्डकी गा पा,का अध्यक्ष दिपक न्यौपाने, भगवती आ.वि.का प्र.अ.कमला रजाली लगाएको आतिथ्यता रहेको थियो भने बिद्यालयका शिक्षक नारायणी गाहा र मुक्ति काफ्लेको सन्चालन तथा शारदा पाण्डेको स्वागत मन्तव्यमा रहेको थियो।

साथै विद्यालयबाट शैक्षिक शत्र २०८० को माध्यमिक शिक्षा परिक्षा कक्षा १२ मा ३.७ जि.पि.ए. ल्याई कालिगण्डकी गा.पा.प्रथम हुने छात्रा अनिषा न्यौपाने, ३.४५ जि.पि.ए. ल्याई कालिगण्डकी गा.पा. द्वितीय हुने छात्र विबेक न्यौपाने, ३.४२ जि.पि.ए. ल्याई कालिगण्डकी गा.पा. तृतीय हुने छात्रा प्रतिमा न्यौपाने, ३.४१ जि.पि.ए. ल्याई कालिगण्डकी गा.पा. सान्तवना हुने छात्रा भावना भुसाल लगाएत विद्यालयबाट उत्रिण विद्यार्थीहरुलाई कार्यक्रममा सम्मान समेत गरिएको थियो। विद्यालयबाट ७१.४३ प्रतिशत विद्यार्थी उत्रिर्ण भएका थिए।

प्रकाशित मिति : मंगलबार, भाद्र १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij