अन्तर्राष्ट्रिय विश्व शान्ति दिवसको अवसरमा इनरह्विल ३५० नेपाल डिष्ट्रिकले लुम्बिनी मायादेवी मन्दिर परिसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । नगदसहित फलफूल र खाद्यान्न सहयोग गरिएको कार्यक्रममा विश्व शान्तिकाे कामना गर्दै विभिन्न नारा र प्लेकार्ड प्रदर्शन गरिएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि नेशनल रिप्रेजेन्टिभ पिएचएफ समिरा ध्वजुले शान्तिपूर्ण समाजको निर्माण गर्न हरेक महिलाले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्ने बताइन् । उनले परिवर्तन शान्तिपूर्ण तरिकाले आफैबाट गर्न जरुरी रहेको बताइन् ।
विशिष्ट अतिथि डिष्ट्रिक ज्ञानु श्रेष्ठले विश्व शान्ति दिवसको बारेमा जानकारी दिँदै शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
विशिष्ट अतिथि निवर्तमान डिष्ट्रिक चियरमेन टुना थापाले विश्व शान्ति दिवस प्रत्येक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय दिवस भएको र त्यसैकाे उद्देश्यअनुसार विश्वभर शान्ति कायम गर्न, द्वन्द्व र हिंसाको अन्त्यका लागि जागरूकता फैलाउन, तथा शान्तिका लागि सबैलाई एकताबद्ध गर्न यस कार्यक्रम गरिएको बताइन् ।
अर्का विशिष्ट अतिथि गुरु भिक्षुक सरण शाहीले गौतम बुद्धले संसारिक सुख र ऐश्वर्य परित्याग गरी आत्मज्ञान प्राप्त गर्न साधना गरेकाे उल्लेख गरे । धेरै वर्षको तपस्या र ध्यानपछि उनले बोधगया भन्ने ठाउँमा बोधि वृक्षमुनि आत्मज्ञान प्राप्त गरेको बताएका थिए ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले संयुक्त राष्ट्रसंघद्वारा घोषित यस दिवस विश्वभरि शान्ति, अहिंसा, र द्वन्दबिहिन संसारको महत्त्वबारे जागरूकता फैलाउन संयुक्तरूपमा गरिएको बताइन् । त्यसैले यसका लागि लुम्बिनी नै उपयुक्त भएकाे बताइन् ।
डिष्ट्रिक ३५० डिष्ट्रिक नेपालका डिष्ट्रिक चियरमेन आशा श्रेष्ठकाे अध्यक्षता निवर्तमान डिष्ट्रिक चियरमेन टुना थापालेको धन्यवाद र
डिष्ट्रिक एजुकेटिभ मेम्बर कमला मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यस दिनलाई संयुक्त राष्ट्रसंघले सन् १९८१ मा स्थापना गरेकाे र सो दिन विशेषरूपमा युद्धविराम, असल सम्बन्ध, सहिष्णुता, र शान्तिपूर्ण वातावरणको प्रवर्द्धन गर्नका लागि सम्झना गरिन्छ।
प्रकाशित मिति : सोमबार, असोज ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्