सडककाे अवस्था बिग्रिएकाे भन्दै यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ राेके

सडककाे अवस्था बिग्रिएकाे भन्दै यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ राेके

????????? ?????? ???? ?????? ??? ?????? ???? ?? ??? ?????? ?????? ???? ?????? ???? ????? ???? ?????????? ???? ????????? ???? ???????????? ??? ? ????????? ????? ?????? ?????? ???? ????? ?????? ?????? ? ? ?????? ? ?????? ???????÷????

काठमाण्डाै – यातायात व्यवसायीहरूले दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ रोकेका छन् । गएको शुक्रवारदेखि भएको अत्यधिक वर्षाका कारण काठमाण्डौ उपत्यका जोडिने प्रमुख सडकहरू अवरुद्ध भएकाले अहिलेका लागि टिकट बुकिङ रोकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

यसअघि सरकार र व्यवसायीहरूको सहमतिमा असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्दै घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशभर रुट अनुमति खुला गरिएको थियो । तर पछिल्लो विपद्ले यसअघिको योजनाअनुसार काम गर्न नसक्ने भएकाेले अग्रिम बुकिङ गर्ने काम रोकिएको सिटौलाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासँग जोडिने मुख्य सडकमध्ये अरनिको राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् । पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, मुग्लिङ–नारायणगढ, चन्द्रागिरि–चित्लाङ हुँदै हेटौँडा पुग्ने सडक खण्ड सञ्चालनमा रहे पनि जोखिम धेरै छ ।

बीपी राजमार्गमा मात्र अहिले झन्डै सात सय वटा गाडी अड्किएकोले ती गाडीलाई सहजै काठमाण्डौ ल्याउनु चुनौतीपूर्ण रहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग खुलाउन खुर्कोट र धुलिखेल गरी दुई ठाउँबाट खोला डाइभर्सन बनाउने काम भइरहे पनि त्यो दशैँअघि पूरा हुनेमा सुनिश्चितता नरहेको सडक विभागले जनाएको छ । टिकट काटेका यात्रुलाई गन्तव्यमा पुर्‍याउने र सडककाे अवस्था हेरेर मात्रै थप निर्णय लिने व्यवसायीहरूले बताएका छन् ।

प्रकाशित मिति : बुधबार, असोज १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij