खसोखासलाई अमेरिकामा एकलाख डलर राशीको पुरस्कार

खसोखासलाई अमेरिकामा एकलाख डलर राशीको पुरस्कार

अमेरिका ,

अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । स्थानीय समाचारलाई पुनः कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो । प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा  परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ । ’प्रेस फर्वार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहका छौं । यो निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३  वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भन्नुभयो । यो सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरु प्रदान गर्ने मिशनलाई जारी राख्न सशक्त बनाउने उहाले बताउनुभयो ।
अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रुपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्युयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ ।  सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णरुपमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरु प्रकाशित गर्दै आएको छ । यो पुरस्कारले खसोखासलाई नेपाली डायस्पोराका महत्वपूर्ण कथाहरू समेट्ने, उच्च गुणस्तरको स्वतन्त्र पत्रकारिता प्रदान गर्ने खसोखाको क्षमतालाई अभिवृद्धि गर्ने,  रिपोर्टिङ विस्तार गर्न र यसको डिजिटल उपस्थिति सुधार गर्न सक्षम बनाउने तथा थप पाठकहरूसम्म पुग्न मद्दत गर्ने खसोखासको अपेक्षा रहेको छ ।
यस नयाँ अध्यायको भागको रूपमा हामी पाठक र समर्थकहरुलाई यो कोसेढुङ्गा मनाउन हामीसँग सामेल हुन आमन्त्रित गर्दछौं । हामी हाम्रो समुदायको सेवा गर्न जारी राख्छौं र स्थानीय पत्रकारितालाई समर्थन गरेर हाम्रो विकासको अर्को चरणमा सहभागी हुन सबैलाई आमन्त्रित गर्दछौं, प्रधान सम्पादक किशोर पन्थीले भन्नुभयो । प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर  लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट संचालित राष्ट्रिय अभियान हो । यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडलहरू बन्द गर्न, स्थानीय समाचारहरूमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन  र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न ४ सय मिलियन  डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो, जसमा नाइट फाउण्डेशन, लुमिना फाण्डेशन, फोर्ड फाउण्डेशन, डेमोक्रेशी फण्ड जस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरु समावेश छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij