बझाङको खप्तडछान्ना गाउँपालिका एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन

बझाङको खप्तडछान्ना गाउँपालिका एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन

बझाङ ,

बझाङको खप्तडछान्ना गाउँपालिका एक हप्ताभन्दा बढी समयदेखि सञ्चार सम्पर्कविहीन बनेको छ ।

गएको असोज २३ गते नेपाल टेलिकमको टावरमा थाहा नभएकाे मानिसकाे समूहले तोडफोड गरेपछि गाउँपालिका सम्पर्कविहीन बनेको हो । सञ्चार सम्पर्कविहीन भएपछि गाउँबाहिरका आफन्तसँग दशैँको रमाइलो साट्न नपाएको खप्तडछान्ना गाउँपालिका–७ का प्रदीप खड्काले बताउनुभयो ।

माझी गाउँमा रहेको रिमोट टावरसँगै खप्तडछान्ना–७ माडुकाट्नेको टावर पनि तोडफोड भएको नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहले जानकारी दिनुभयो । दुई टावरबीचको रेडियो लिङ्कले काम गर्न छोडेपछि यहाँका २० हजारभन्दा बढी नागरिक सम्पर्कविहीन भएका उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij