लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय

दाङ,

लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरिएको सकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी अन्तरगत सरकारले कार्यविभाजन नियमावली हेरफेर गर्ने निर्णय गरेको जनाइएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको राजस्व बढाउने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीको अध्यक्षतामा कार्यदल बनाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा समन्वय समितिको उपाध्यक्ष महसुद खाँलाई पदमुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सरुवा भएर लुम्बिनी प्रदेशमा आएका डा.रामेश्वर देवकोटालाई पाल्पा अस्पतालमा कामकाजका लागि खटाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij