भैरहवा,
नेपाली कांग्रेस सिद्धार्थनगर समिति, रुपन्देहीले प्रथम नगर क्रियाशिल भेला एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । यही कार्तिक १० गते शनिबार हुने नगर भेलाको पूर्व गृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले उद्घाटन गर्नुहुने पार्टीको नगर सभापति कोशिष बहादुर खड्काले जानकारी दिनु भयो ।
भैरहवामा हुने भेलामा नगरमा रहेका १ हजार ६ सय बढी क्रियाशिल सदस्य, भातृ एवं शुभेच्छुक संस्था, वडा सभापति, शुभेच्छुक तथा कांग्रेसप्रति आस्थावान सबैलाई सहभागी गराउने तयारी भइरहेको उहाँले बताउनु भयो ।
भेलामा पूर्व नगर सभापतिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कांग्रेस सिद्धार्थनगरले जनाएको छ । विजया दशमी, दीपावली, छठ पर्व र नेपाल सम्वतको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको तयारीका लागि बुधबार भेलास्थल गल्लामण्डीस्थित दरबार बैंक्वेटमा बसेको नगर समितिको बैठकले सम्मेलन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई भव्य रुपमा सफल पार्ने निर्णय गरेको कार्यक्रम संयोजक एवं कांग्रेस नगर उपसभापति देवराज न्यौपानेले बताउनु भयो । कार्यक्रममा सक्रिय सहभागीताका लागि सबै कांग्रेसजन एवं शुभेच्छुकहरुलाई आग्रह गरिएको उहाँले बताउनु भयो ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्