रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

रवि लामिछानेसहित १२ जना विरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उहाँका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जना विरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएसँगै अब रवि लामिछानेलाई सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ ।प्रहरीले यसअघि छविलाल जोशीलाई रुपन्देही लगेर बयान लिइसकेको छ । जोशीलाई इलाका प्रहरी कार्यालय बुटवल लगेर अस्ति बुधवार पोखरा फर्काइएको थियो ।

जिल्ला अदालत कास्कीले रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । कास्कीमा रविको बयान सकिएपछि रुपन्देही लैजाने प्रहरीको तयारी छ ।

 

यस्तै चितवनको सहारा, वीरगन्जको साना पाइला, काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij